• २०८१ बैशाख २५ मंगलबार

सरकार र डा.केसी पक्षबीच आजको वार्ता अझै हुन सकेन

kharibot

काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज अझै वार्ता शुरु हुनसकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको वार्ता सकारात्मक रहेको बताइएको भएपनि शुक्रबार अहिलेसम्म वार्ता शुरु नभएपछि डा. केसीसमुह आक्रोशित भएको छ ।

विहिबार अबेरसम्म भएको वार्ता शुक्रबार बिहान फेरी बस्ने गरि सकिएको थियो । वार्ता आज फेरी हुने बताइएको थियो । 

डा. केसी पक्षले बेलुका ४ बजेसम्म वार्तामा नबोलाएमा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । डा. केसीका सहोयोगी समेत रहेका प्रितम सुबेदीले धैर्यताको बाध टुट्न लागेको बताउदै डा. केसीको जीवन तलमाथि भए त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने बताएका छन् । 

वार्तालाई निष्कर्षमा पुर्‍याउनगरि प्रारम्भिक सहमतिको ड्राफ्ट बनाइएको र दुवै पक्ष आन्तरिक छलफलमा जुटेको बताइएको थियो ।

सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

त्यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

सरकारले डा. केसीको अनसनको २४औ दिन वार्ता टोलि बनाएको थियो भने २५औ दिन वार्ता शुरु भएको थियो । जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका डा. केसीको अनसनको आज २६औ दिन हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै