• २०८१ बैशाख २३ आइतबार

जापानमा बन्यो आठ भाषा अनुवाद गर्न मिल्ने स्मार्ट फेस मास्क 

kharibot

फाइल तस्वीर

टोकियो । जापानले रोबोटिक प्रविधिको प्रयोग गर्दै आठ वटा भाषामा अनुवाद गर्न सक्षम स्मार्ट मास्कको निर्माण गरेको छ । कोरोना महामारीको कारण मास्क दैनिक जनजीवनको अत्यावस्यक वस्तु बन्दै गएको छ ।

'स्टार्टअप डोनट रोबोटिक्स' कम्पनीले ‘इन्टरनेट कनेक्टेड’ मास्कको निर्माण गरेको छ जसको माध्यमबाट एकअर्कासंग कुरा गर्न सजिलो हुनुको साथै सामाजिक दुरीको नियम पनि पालना गर्न सकिन्छ । ‘सी–मास्क’ नाम दिइएको उक्त मास्कले जापानी भाषालाई अठवटा अन्य भाषामा अनुवाद गर्न सक्छ ।

यो मास्क अनुहारमा राम्रोसँग फिट भएर बस्छ भने ब्लुटुथको माध्यमबाट स्मार्टफोन वा ट्याबलेटसँग कनेक्ट गर्न सकिन्छ । सी-मास्क एउटा एप संग कनेक्टेड हुन्छ र यसको सहयोगले अनुवाद गरिएको डिक्टेसन, एम्प्लिफायरले मास्क प्रयोगकर्ताको आवाज ठुलो बनाउने तथा मुख्य काम आठवटा सम्म भाषामा अनुवाद गर्न सकिन्छ ।

त्यसो गर्दा छेउमा बसेका व्यक्तिले मास्कभित्रबाट आएको आवाज पनि ठूलो सुन्न सक्छन्।

कसरी बन्यो स्मार्ट मास्क?

कम्पनीको अनुसार, अगाडीपट्टिको भागमा रहेको डिजाइनले सास फेर्न सजिलो हुने तथा यसले कोरोनाबाट पनि सुरक्षा दिन्छ । डोनट रोबोटिक्सका प्रमुख कार्यकारी टिकुसे ओनो भन्छन्, “हामीले यस प्रकारको नयाँ उत्पादनका लागि वर्षौँदेखि मेहनत गरिरहेका थियौँ। कोरोना महामारीकै बीच स्मार्ट मास्क बनाउन सफल भएका छौँ यो महामारीको समयमा उपयुक्त रहेको छ।”

सेतो प्लास्टिक र सिलिकनद्वारा निर्मित समार्ट मास्कमा माइक्रोफोन जडान गरिएको छ साथै यसले प्रयोगकर्तालाई ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गर्न सक्छ ।

यस नयाँ प्रणालीले जापानी, चाइनिज, कोरियन, भियतनामी, इन्डोनेसियन, अंग्रेजी, स्पेनिस र फ्रेन्च भाषामा अनुवाद गर्न सक्छ । डोनट रोबोटिक्सले शुरुवातमा “सिन्नामन” नामको अनुवाद गर्ने सफ्टवेयर रहेको रोबोट बनाएको थियो तर महामारीको कारण उक्त प्रोजेक्ट बीचमा रोकिएपछि उनीहरुले त्यस सफ्टवेयरलाई एउटा मास्कमा जडान गर्ने निर्णय गरे ।

डोनट रोबोटिक्सले सन् २०१४ मा आफ्नो करियरको शुरुवात जापानको किताक्युशु शहरको फुकुओका प्रिफेक्चरको एउटा ग्यारेजबाट शुरुवात गरेको थियो ।

ओनोले उक्त कम्पनीलाई एक इन्जिनियरको साथ मिलेर खोलेका थिए उनीहरुको मुख्य लक्ष्य साना र मोबाइल रोबोट कम्युनिकेसनको माध्यमबाट विश्व परिवर्तन गर्ने रहेको थियो । हानेडा अन्तराष्ट्रिय विमानस्थलमा आगन्तुकहरुलाई सहयोगी रोबोटको योजना सहित केही लागतमा उनीहरुले हानेडा रोबोटिक्स ल्याबमा आवेदन दिएका थिए ।

हानेडा रोबोटिक्स ल्याबको अनुसार, यदि रोबोटलाई काममा लगाइयो भने मानव कामदारको आवश्यकता कम हुँदै जानेछ । डोनट रोबोटिक्सको सिन्नामन रोबोटले पर्यटकहरुलाई विमान्स्थलमा निकै सहयोगी हुने र आवस्यक जानकारी प्राप्त गर्न सहज हुने बताइएको छ ।

सन् २०१६ मा अनुवाद गर्न सक्षम रोबोट मध्ये सिन्नामन छनौटमा परेका चार रोबोट मध्ये एक थियो । हानेडा रोबोटिक्सको अनुसार, सिन्नामनले सबै अन्य रोबोटलाई पछि पार्दै प्रथम भएको थियो ।

यस रोबोटले प्रयोगकर्ता उपयोगी भएको र हल्ला भएको वातावरणमा पनि राम्रो संग अनुवाद गर्न सक्छ । उक्त सफलता पछि कम्पनी टोकियो सरेको थियो र थप तीन जना टिम सदस्य थप भएको छ ।

ओनो भन्छन्, “ यसले मेसिन लर्निंग डेभलपमेन्टको उपयोग गर्दै विशेषज्ञको सहयोगमा अनुवाद गर्न सक्छ र यो गुगलको एपीआइ भन्दा पनि गुणस्तरको छ । विशेष गरी जापानी प्रयोगकर्ताको लागि यो निकै उपयुक्त छ । यसले सजिलै अंग्रेजी र जापानी भाषामा अनुवाद गर्न सक्छ ।”

कम्पनीले सन् २०१७ बाट परिक्षणको रुपमा (प्रोटोटाइप) यसको प्रयोग तथा विकास गर्दै आएको छ । ओनोको अनुसार, कोरोना महामारीको कारण विमानस्थल प्रोजेक्ट बन्द भयो र कम्पनीलाई आफ्नो कार्य गर्न कठिन हुँदै गयो । लगानी बन्द भयो र कम्पनी कसरी चलाउने भन्ने चिन्ता बढ्दै गयो ।

त्यसपछि टिमले नयाँ उपाय निकाले , त्यो थियो सिन्नामनको सफ्टवेयरलाई फेस मास्कमा जडान गर्ने, जसले कोरोना महामारीमा मानिसको सहयोगी बन्न सक्छ । कोरोना महामारी पछि मास्क उत्पादनमा अधिक वृद्धि भएको छ । विश्वको कतिपय राष्ट्रहरुमा मास्क अनिवार्य छ । आफ्नो प्रविधिलाई नयाँ आविस्कारको रुप दिदै डोनट कम्पनीले जुनमा फन्डरेजर लन्च गर्यो  ।

फन्डीनो नामको क्राउड फन्डीङ्गबाट ३७ मिनेटमा नै दुई लाख ६५ हजार डलर जम्मा भयो । ओनो भन्छन्, प्रायजसो उक्त रकमको फन्ड जम्मा हुन तीन देखि चार महिना लाग्ने गर्दथ्यो । जुलाईमा भएको दोश्रो फन्ड रेजिंगबाट ५६.६ मिलियन एन जम्मा भयो र ओनोले त्यस रकमबाट अनुवाद गर्ने सफ्टवेयरलाई विश्व मार्केटमा लैजाने तयारी गरे ।

आफ्नो उत्पादन वृद्धि गर्न डोनट रोबोटिक्सले टोकियो स्थित अर्को एक कम्पनीको सहायता लिएको छ तर यसको बरेमा केहि जानकारी सार्वजनिक गरको छैन । ओनो भन्छन्, सन् २०२० को डिसेम्बर सम्म जापानमा पाँच हजार देखि १० हजार सम्मको संख्यामा मास्क वितरण हुनेछ ।

उक्त मस्कको मूल्य ४० डलर देखि ५० डलर सम्म पर्नेछ र एपको सब्स्क्रिप्सन पूर्ण निशुल्क हुनेछ । कम्पनीले सन् २०२१ को अप्रिल सम्ममा विश्व बजारमा स्मार्ट मास्क वितरण गर्ने बताएको छ । स्मार्ट मास्कमा रहेको ब्लुटुथले ३२ फिट दुरी सम्म कनेक्सन बनाउन सक्ने छ ।

यस मास्कले अस्पताल तथा कार्यलयमा सामाजिक दुरी कायम गर्दै कुराकानी तथा संचारको मध्यम बन्ने र भौतिक मिटिंगमा सहयोग गर्ने ओनो बताउछन् । उनी भन्छन्, “अहिलेको न्यु नर्मलमा यस स्मार्ट मास्क र एप एक उपयोगी माध्यम बन्नेछ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै