काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।
अध्यक्ष थापाले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफ्नो अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
साथै उनले केहिदिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।
उनले भनेका छन् -
'कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड-१९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट 'पोजिटिभ' देखिएको छ।अवस्था सामान्य छ। केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु ।'