काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।
हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ भने काँग्रेसले पछ्याइरहेको छ ।
माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै राजपा चौथो स्थानमा रहेको छ भने राप्रपा पाचौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील छैठौ, फोरम सातौ र नयाँ शक्ति अठौ स्थानमा रहेको छ ।
सोमबार अपरान्ह १ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ४०३८३९
२. नेपाली कांग्रेस- ३८९९२४
३. माओवादी केन्द्र -१८५९२०
४. राजपा- २५२२४
५. राप्रपा- १९९४०
६. विवेकशील साझा- १९४४८
७. संघीय फोरम – १६७१३
८. नयाँ शक्ति – १५१५९
९. राप्रपा प्रजातान्त्रिक -८४८६