बसले किच्दा नाबालकको मृत्यु

खरीबोट
ad

पाल्पा ।  पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् । 

सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५÷६ बर्षका दाई साथीसंग खेल्न गएकाले घटना हुनपुगेको प्रहरीले बताएको छ । बस केही हिँडिसकेपछि मात्र उनकी हजुरआमाले नाति दुर्घटनामा परेको थाहा पाएकी थिइन् । 

खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मंगलबार मृत्यु हुन पुगेको हो । बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन् । 

सम्बन्धित समाचार

स्याङ्जाको धराङ्दीमा जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको

अरुणखोलामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, ५ जनाको परिचय खुल्यो (अपडेट)

कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।  पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक

नवलपरासीको अरुणखोलामा बस दुर्घटनामा पाँच जनाको मृत्यु, ५१ जना घाइते 

कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।  इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४

रामेछापमा टाटासुमो दुर्घटनामा दुईको मृत्यु, सात घाइते

रामेछाप। रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा


z