• २०८१ बैशाख २२ शनिबार

मार्क जुकरबर्गको खुलासा, ह्वाट्सएपमा हरेक दिन एक खर्ब सन्देश पठाइन्छ

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । सामाजिक संजाल माध्यम फेसबुकको तर्फबाट प्रयोगकर्तालाई थुप्रै मेसेजिंग ऐपहरुको विकल्प दिइएको छ र ह्वाट्सएप सर्वाधिक लोकप्रिय मेसेजिंग एप हो ।

सन्देशको सुविधा रहेको ह्वाट्सएप विश्वको सबै भन्दा अधिक प्रयोग हुने च्याटिंग एप हो र यसले अहिले नयाँ रेकर्ड बनाइरहेको छ ।

कम्पनीका सीईओ मार्क जुकरबर्गको अनुसार यसमा हरेक दिन करोडौं सन्देश पठाइन्छ ।

फेसबुकको स्वामित्व रहेको मेसिजिंग प्लेटफर्म ह्वाट्सएपमा एक दिनमा एक हजार करोड मतलब एक खर्ब भन्दा बढी सन्देश आदानप्रदान हुन्छ ।

यस जानकारीको बारेमा कम्पनीका सीइओ मार्क जुकर्बर्गले कम्पनीको क्वार्टरली अर्निंग्स कलमा बताएका छन् ।

ह्वाट्सएपले पहिलो पटक यस तथ्यांकको बारेमा पछिल्लो वर्षको न्यु ईयर इभनिंग, सन् २०१९ डिसेम्बर ३१ मा खुलासा गरेको थियो र त्यसपछि थप नयाँ नयाँ रेकर्ड बनाईरहेको छ ।

जुकरबर्गको अनुसार, ह्वाट्सएप र फेसबुकको अन्य एपहरुको हरेक दिन दुई सय ५० करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

स्टाटिस्टाको तर्फबाट सार्वजनिक गरिएको तथ्यांकमा अक्टोबर महिनासम्म ह्वाट्सएपको दुई सय करोड सक्रिय प्रयोगकर्ता थिए भने यस महिना एक सय ३० करोड सक्रिय प्रयोगकर्ता छन् । 

यस भन्दा पहिला जनावरी महिनामा ऐन्ड्रोयड डिभाइसेजमा हवाट्सएप पाँच सय करोड भन्दा बढी डाउनलोड गरिएको थियो ।

यस संगै ह्वाट्सएप विश्वक्रितिमान कायम गर्ने दोश्रो नन-गुगल एप्लिकेशन बनेको छ । अर्निंग्स कलको क्रममा फेसबुक सीईओले यस बारेमा जानकारी दिएका हुन् ।

ह्वाट्सएपमा नयाँ विकल्प 

फेसबुक सीईओ मार्क जकरबर्गले नयाँ इन्स्टाग्राम अपडेटको बारेमा जानकारी दिदै कम्पनीले नयाँ अपडेटमा मेसेन्जर र इन्स्टाग्राम मेसेजिंगलाई इन्टिग्रेट गरेको बताए र प्रयोगकर्ताको तर्फबाट यसको सकारात्मक फिडब्याक आएको बताए ।

अहिले सामाजिक संजाल सम्पनीको तर्फबाट विभिन्न सुविधामा थुप्रै फिचरहरु थप हुँदै आएको छ ।

बिटा प्रयोगकर्ता संग परिक्षण पछि ह्वाट्सएप्मा म्युट अल्वेजको विकल्प पनि थप गरिएको छ ।

प्रयोगकर्ताको प्रतिक्रिया सबैभन्दा महत्वपूर्ण 

फेसबुक परिवारको एप प्रयोगकर्ताहरु बीच प्रख्यात फिचर र यसमा परिवर्तन गर्दै कम्पनीले प्रयोगकर्तालाई अझ थप सुविधा दिएको छ ।

फेसबुकले हालै आफ्नो साइटमा पुरै नयाँ डिजाइन परिवर्तन गरेको छ र यसको बारेमा प्रयोगकर्ताबाट प्रतिक्रिया लिइरहेको छ ।

यस संगै इन्स्टाग्राममा पनि केही नयाँ सुविधा थप गरिएको छ र प्रयोगकर्ताबाट रेस्पोन्स पछि आवस्यकता अनुसार कम्पनीले एपमा विकल्पहरु राख्दै गएको छ 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै