• २०८१ बैशाख २३ आइतबार

मामा-भान्जा गोविन्दा र कृष्णा अभिषेकको सम्बन्ध किन बिग्रियो ?

kharibot

काठमाडौँ । बलिवुड सेलिब्रेटीहरुबीचको विवाद जहिलेपनि चर्चामा हुने गर्दछ । आइतबार राति चर्चित कमेडी शो कपिल शर्मा शोमा बलिवुडका चर्चित अभिनेता गोविन्द अतिथि बनेर आए । गोविन्दले आफ्नो समयका चर्चित किस्सा सुनाएर दर्शकलाई भरपुर मनोरंजन दिए ।

तर यस शोका प्रमुख हिस्सा रहेका कृष्णा अभिषेक गोविन्द उपस्थित शोमा भने देखिएनन् । गोविन्दाका भान्जा कृष्णा अभिषेक शोमा अनुपस्थित भएपछि गोविन्दा र कृष्णाबीचको विवाद फेरी अगाडी आएको छ ।

मामा भान्जाको पारिवारिक विवादका कारण कृष्णा आफैले गोविन्दा आउने शोमा अनुपस्थित भएको बताएका छन् । एक अन्तर्वार्तामा कृष्णाले मामासँगको विवादले आफुलाई पिडा भएको बताउदै यस पटक आफैले शो मा अनुपस्थित हुने निर्णय गरेको बताए । यस अघि अघिल्लो बर्ष गोविन्दा र उनकी पत्नी शोमा आउदा समेत कृष्णा अनुपस्थित रहेका थिए ।

अन्तर्वार्तामा कृष्णाले मामासँगको विवाद सल्टाउन आफुले कैयौं पटक पहल गरेपनि सफल नभएको बताए । आफुलाई मामासँगको सम्बन्ध बिग्रिदा निकै असर पुगेको बताउदै आफुले जति सक्दो छिटो पारिवारिक सम्बन्ध राम्रो होस् भन्ने चाहेको बताए । लकडाउनको बेलामा पनि आफुले मामालाई सम्पर्क गर्ने प्रायस गरेको बताउदै कृष्णाले अब कपिल शर्माले आफुहरुको सम्बन्ध सुधार गरिदिन सक्ने बताएका छन् । 

दुवै परिवारबीचको विवाद भने कृष्णा र गोविन्दाको कारणले भएको होइन । कृष्णाकी पत्नी कश्मीरा शाहले एक ट्वीट गर्दै गोविन्दाको अपमान गरेको आरोप गोविन्दाकी पत्नी सुनिताले लगाएपछि दुवै परिवारको सम्बन्ध ब्रिग्रिएको थियो । सो ट्वीटमा कश्मीराले 'मानिसहरु पैसाको लागि नाच्छन्'  भन्ने कमेन्ट गरेकी थिइन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै