• २०८१ जेठ ३ बिहीबार

तरल राजनीतिलाई सही दिशा दिनुपर्छ : पूर्वसभामुख रानाभाट

kharibot

फाइल तस्वीर

पर्वत । नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले आगामी वैशाखमा चुनाव भए पनि वा अहिले संसद् पुनःस्थापना भए पनि दुवै विकल्प देशका लागि हानिकारक हुने तर्क गरेका छन् ।

अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतले आयोजना गरेको १३औँ स्मृति सभामा बोल्दै रानाभाटले देश विभिन्न खाले समस्याबाट गुज्रिरहेको बेला राजनीतिक संकट देखापरेको भन्दै यसको सफल अवतरण गराउनुपर्नेमा जोड दिए । 

रानाभाटले सत्तापक्ष पदको भागवण्डा र कुर्चीको तानातानमा लाग्दा विभाजित भएको र प्रतिपक्ष केही थान मन्त्री पाउने आशामा कुनै दलको पछि लागेर सरकारमा जाने कोशिस गरेको आरोप लगाए । सबै दलले स्वार्थलाई त्यागेर अहिलेको तरल राजनीतिलाई सही दिशा दिनुपर्ने रानाभाटले बताए । स्वा अमृतप्रसाद जोशीलाई नजिकबाट चिनेको बताउँदै रानाभाटले जोशीको इमान्दार राजनीतिक जीवनको प्रशंसा गरे । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो बुबा अमृत जोशी इतिहासको खुल्ला किताव रहेको स्मरण गरे । उनले जहिले पनि आफूलाई असल आचरण र राजनीति समाजसेवा हो भन्ने पाठ सिकाएको बताउँदै बुबाको आदर्श आफ्नो लागि अहिले पनि मार्गदर्शन बन्न पुगेको बताए । जोशीले स्वार्थलाई त्यागेर गरिने राजनीतिले मात्रै समाज रुपान्तरण गर्न सकिने र व्यक्ति मरेर पनि जीवितै रहने पाठ बुबाबाटै सिकेको बताए ।

अमृत जोशी स्मृति प्रतिष्ठानको स्मृति दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीलाई उक्त समारोहमा पुरस्कार वितरण गरिएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै