• २०८१ बैशाख २४ सोमबार

वामदेवको एकता अभियानमा जोडिए दिपक मनाङे

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सांसद दिपक मनाङे उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको नेकपा राष्ट्रिय एकता अभियानमा जोडिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको प्रचण्ड नेपाल समूह कतै नलागी वामदेवले शुरु गरेको अभियानमा सहभागी भएका हुन् ।

गौतमले एकता अभियान शुरु गरेर धमाधम त्यसलाई विस्तार गर्दै लगेका छन् । प्रदेशहरुमा गौतमको पक्षमा आउने क्रम बढेको छ । तटस्थहरु गौतमको अभियानमा सहभागी भएका छन् ।

मनाङबाट ख बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित दिपक मनाङे अहिले गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार बचाउन पनि निर्णायक बन्ने देखिएको छ । गण्डकी प्रदेश सभामा ओली पक्षका २६ सांसद रहेकोमा जनमोर्चाका ३ सांसदले गुरुङ सरकारलाई समर्थन गरेमा मनाङेको मतले ६० सदस्यीय प्रदेशमा गुरुङको पक्षमा ३० सांसद पुग्ने छन् ।  

उनलाई अभियानमा सहभागी गराउन गौतमले पहल गर्दै अभियानको केन्द्रीय सदस्य बनाएको बताइएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै