• २०८१ जेठ ६ आइतबार

कोरोना महामारीमा पनि चीनको अर्थव्यवस्थामा वृद्धि

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । चीनको हालै सार्वजनिक भएको सकल घरेलु उत्पादन मतलब जीडीपीको तथ्यांकको अनुसार, विश्वको सबै भन्दा ठुलो अर्थ व्यवस्था रेहको देश मध्ये एक, चीन सन् २०२० मा अर्थतन्त्रमा सुधार हुने एक मात्र राष्ट्र बनेको छ ।

विश्वको दोश्रो सबैभन्दा ठुलो अर्थव्यवस्था रहेको चीनमा जीडीपीको विकास दर २.३ प्रतिशत रहेको छ । वर्षको अन्तिम त्रैमासिकमा उक्त दर ६.५ प्रतिशत रहेको थियो त्यस्तै तेश्रो त्रैमासिकमा यस दर ४.९ प्रतिशत थियो ।

कोभिड-१९ को कारण भएको लकडाउनको अवस्थामा सन् २०२० को शुरुवातको तीन महिनामा चीनको अर्थव्यवस्थामा ६.८ प्रतिशत गिरावट आएको थियो । भाइरसको लागि कन्टेनमेन्ट जोन तय गर्ने र आपातकालीन सहायताहरुको कारण चीनको व्यापार र अर्थव्यवस्था पुन एक पटक सहि दिशामा फर्किन थालेको थियो ।

तर कोरोना माहामारीको प्रभाव अहिलेसम्म कायम छ, चीनमा भएको सटडाउन र बन्दको कारण उत्पादन हुने उद्योग-प्लान्ट ठप्प भएकोले अर्थव्यवस्थालाई ढिलो विकास दर तर्फ धकेलीरहेको छ ।

वर्तमान जीडीपीको तथ्यांक अनुसार, ४० वर्षमा चीनको सबैभन्दा ढिलो विकास-दर दर्ता भएको छ ।

सोमवार सार्वजनिक भएको तथ्यांक अनुसार, चौथो त्रैमासिकमा चीनको औद्योगिक उत्पादनमा ७.३ प्रतिशतको वृद्धि र रिटेल क्षेत्रमा ४.६ प्रतिशतको वृद्धि दर्ता भएको छ ।

विश्लेषकहरुको अनुसार, सन् २०२१ मा अर्थव्यस्था थप तिब्र गतिले अगाडी बढ्ने बताएका छन् तर चीनको तथ्यांक विभाग व्युरोले यसको ठिक उल्टो टिप्पणी गरेको छ । जसको अनुसार, "देश-विदेशमा भयानक र जटिल परिस्थितिहरु सिर्जना भएको छ र महामारीको ठुलो प्रभाव पर्नेछ ।"

तथ्यांकको अनुसार, चीनमा निर्यात अपेक्षा भन्दा अधिक वृद्धि भएको छ । किनभने विश्वमा कोरोना भाइरसको प्रकोपको क्रममा सामानहरुको माग बढ्दै गयो । यस बाहेक सन् २०२० मा कच्चा तेल, तामा, फलाम अयास्क र कोइलाको व्यापारमा नयाँ रेकर्ड कायम भएको छ ।

विशेषज्ञको अनुसार, अन्तराष्ट्रिय बजारमा चिनियाँ मुद्रा (युआन) को मुल्य बढ्दै गएको र समानमा बिक्री बढेको छ । युआन बलियो भएको कारण निर्यातको मुल्यवृद्धि भएको छ । इकोनोमिक इन्टेलिजेन्स यूनिटमा प्रिन्सिपल इकोनोमिस्टमा कार्यरत यूए सू भन्छिन्, "जीडीपीको तथ्यांक अनुसार अर्थतन्त्र अब सामन्य हुँदै गएको छ, अझै पनि चीनको उत्तरी प्रान्तमा नयाँ कोरोना संक्रमणको मामिल दर्ता भएको कारण अर्थव्यवस्थामा थोरै झट्का लाग्न सक्छ । तर आशा छ कि अर्थव्यवस्था सुध्रिने दर कायम हुनेछ ।"

पछिल्लो महिनामा चीनका नेताहरुले यस वर्षको अर्थव्यवस्थालाई बढावा दिनको लागि आवश्यक नितिहरुको समर्थन हुने र चीन कुनै पनि प्रकारले अचानक नीति परिवर्तन बाट बच्ने विषयमा एक ठुलो एजेन्डा बैठकमा तय गरेका थिए ।

चीनको अर्थव्यवस्था यस्तो समयमा वृद्धि देखिएको छ जब विश्वको अन्य मुलुकहरुमा कामजोर आर्थिक अवस्था, लाखौँ रोजगारी गुमेको अवस्था र व्यापार-व्यवसाय बन्द भएको समस्यासंग लड्दै छन् ।

पहिलो कडा लकडाउनको कारणबाट सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थव्यवस्थामा ६.८ प्रतिशतको एइहासिक गिरावट देखिएको थियो ।

त्यसपछि चीनको अर्थव्यवस्थाको इन्जिन पुन तिब्र गतिमा चल्न थालेको थियो । चीनको वार्षिक वृद्धि दर भने पछिल्लो ४० वर्षमा पहिलोपटक सबै भन्दा कमि आएको हो ।

एक तर्फ भाइरसको पुन संक्रमण फैलिने डरले चीनको आर्थिक वृद्धिको भविष्यको तस्वीर अध्यारो तर्फ धकेलिएको थियो र उपभोक्ताको माग अझै पनि कमजोर छ भने अर्को तर्फ चीन अमेरिका संग बिग्रिएको सम्बन्ध सुधार्ने प्रयास गर्दै छ ।

अहिले अमेरिकाको नयाँ प्रशासनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा केहि लचिलो हुने अनुमान गरिएको छ ।

यी सबै चुनौतीले सन् २०२१ मा चीनको विकासमा प्रभाव पर्ने छ तर चीन विश्वको दोश्रो सबैभन्दा ठुलो अर्थव्यवस्थाको तुलनामा राम्रो स्थितिमा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै