• २०८१ बैशाख २३ आइतबार

लेखराज भट्ट दलालको पनि दलाल भए- प्रचण्ड

kharibot

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल भएको टिप्पणी गरेका छन् ।

प्रचण्ड-नेपाल पक्षले धनगढीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भट्टमाथि दलाल बनेको टिप्पणी गरेका हुन् ।

प्रचण्डले भट्ट अहिले प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको बताउदै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए ।’

विगतमा प्रचण्डका नजिक रहेका भट्टलाई सुदूरपश्चिमको नेता भनेर स्थापित गराएको र पटक पटक मन्त्री बनाएको बताउदै अहिले ओलीको वरिपरी रहेको प्रचण्डले टिप्पणी गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै