काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले राजीनामा दिएका छन्
आयुक्त जोशीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधान बमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका हुन् ।
उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
आफूभन्दा जुनियर प्रेमकुमार राई प्रमुख आयुक्तमा नियुक्त भएपछि जोशीले राजीनामा गरेको बताइएको छ ।