• २०८१ बैशाख २२ शनिबार

टेलिग्राम विश्वको सबैभन्दा धेरै डाउनलोड हुने एप, ह्वाट्सएप पाँचौ स्थानमा 

kharibot

फाइल तस्वीर

काठमाडौँ । इन्स्ट्यान्ट मेसेजिंग एप टेलिग्राम विश्वको सबै भन्दा धेरै डाउनलोड गरिएको नन गेमिंग एप बनेको छ । 

ह्वाट्सएपमा नयाँ नियम लागु गर्ने नर्णय गरेपछि टेलिग्रामको डाउनलोड अत्यधिक वृद्धि भएको हो ।

ह्वाट्सएपले नयाँ नियम लागु गर्ने योजनालाई तीन महिनाको लागि स्थगित गरेको छ ।

भारतमा टेलिग्रामको सबै भन्दा धेरै डाउनलोड गरिएको छ , विश्वको कुल २४ प्रतिशत प्रयोगकर्ता भारतका रहेका छन् भने दोश्रो धेरै डाउनलोड गर्ने राष्ट्र, इन्डोनेसिया हो ।

सेन्सर टावरको प्रतिवेदनको अनुसार, सन् २०२१ जनवरी सम्ममा टेलिग्राम पहिलो नम्बरमा, टिकटक दोश्रो, सिग्नल तेश्रो र फेसबुक चौंथो स्थानमा रहेको छ 

ह्वाट्स एपको अवस्था भने खराब बन्दै गएको छ, यस भन्दा अघिल्लो वर्ष शिर्ष स्थानमा रहेको ह्वाट्सएप अहिले पाँचौ स्थानमा पुगेको छ ।

टिकटकलाई जनवरीमा कुल ६.२ करोड डाउनलोड गरिएको छ र यसमा १७ प्रतिशत डाउनलोड गर्नेमा चीन रहेको छ ।

त्यसपछि सबैभन्दा धेरै १० प्रतिशत अमेरिकामा डाउनलोड गरिएको छ ।

डिसेम्बरमा टिकटक विश्वको सबैभन्दा धेरै डाउनलोड गरिने एप थियो र त्यस समयमा टेलिग्राम पाँच नम्बरमा पनि थिएन तर एक महिनामा नै टेलिग्रामले ठुलो फड्को मारेको छ । 

सन् २०२१ जनवरीमा डाउनलोडिंगको मामिलामा इन्स्टाग्राम छ नम्बरमा र त्यस पछि नन गेमिंग एपमा जुम,एमएक्स टकाटक, स्याप च्याट र मेसेन्जर सर्वाधिक डाउनलोड भएका छन् ।

डाउनलोडको यस तथ्यांक गुगलको प्लेस्टोर र एप्पलको एप स्टोर दूवैको संयुक्त डेटा हो ।

५० करोड भन्दा धेरै डाउनलोड 

टेलिग्रामको पूर्वानुमान अनुसार, “जनवरीमा विश्वव्यापी रुपमा डाउनलोडको संख्या ५० करोडको वरपर पुग्नेछ किनभने पछिल्लो ७२ घण्टामा टेलिग्रामको २.५ करोड डाउनलोडमा नयाँ प्रयोगकर्ता रजिस्टर भएका थिए ।”
यसको जानकारी, टेलिग्रामका संस्थापक पावेल दुरोवले दिएका थिए ।

दुरोवले भने, “ टेलिग्राममा जनवरीको पहिलो हप्ता नै करिब ५० करोड सक्रिय प्रयोगकर्ता थिए र त्यसको एक हाप्तामा , ७२ घण्टा भित्र करिब ५२.५ करोड पुगेको थियो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै