• २०८१ बैशाख १७ सोमबार

आङ साङ सुकीलाई फेब्रुअरी १७ सम्म हिरासतमा राखिने

kharibot

काठमाडौँ । म्यानमारकी अपदस्थ नेता आङ साङ सुकी १७ फेब्रुअरीसम्म प्रहरी हिरासत रहनेछिन् । उनका वकिल वकील खिन माउंग झाओले सुकी फेब्रुअरी १७ सम्म हिरासतमा रहाने जानकारी दिएका छन् । 

सूकीलाई प्रहरी हिरासतमा सोमबारसम्म राखिने अनुमान गरिएको थियो जसको कारण म्यानमारको अधिकांश ठुला शहरमा प्रदर्शनकारीको भिड जम्मा भएका छन् । मानिसहरु सूचीलाई छोड्नुपर्ने माग गर्दौ थिए ।

साथै प्रदर्शनकारीहरुले म्यानमारमा लोकतन्त्र बहाली गर्नुपर्ने माग गरेका छन् ।

सोमबार उनका वकिल खिन भन्छन्, 'अदालतमा हामीलाई सुकीलाई फेब्रुअरी १७ सम्म नजरबन्द गरिने तर उनी अहिले प्रहरी निगरानीमा रहने बताइएको छ, यो सहि हो वा गलत भन्ने कुरा सबैले अनुमान लगाउन सक्छन् ।'

खिनको टिमका एक वकीलले संचार माध्याममा भने, 'न्यायाधिशले सोमबार बिहान भिडियो कम्फ्रेन्को माध्यमबाट सूकीसंग कुराकानी गरेका थिए र उनले आफ्नो पक्षमा कुनै वकिल राख्न अनुमति मागेकी थिइन् ।'

यसैबीच सैनिक शासकहरुले म्यान्मारको ठुला शहरमा बख्तरबन्द गाडीहरु तैनाथ गरिएको छ र पुरै देशमा इन्टरनेट बन्द गरेका छन् ।

सैनिक शासनको विरुद्दमा म्यानमारमा पछिल्लो १० दिन देखि मानिसहरु प्रदर्शन गरिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै