• २०८१ बैशाख २५ मंगलबार

ओलीलाई पछ्याउँदै रुपन्देहीमा काँग्रेसको विरोध प्रदर्शनमा गलबन्दी !

kharibot

बुटवल । नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्यो । यसैक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही आईपुगेका थिए । भैरहवामा कार्यक्रम आयोजना गरिएको थियो । पछिल्लो समय नेकपा केपी शर्मा ओलीको फोटो सहित लेखिएको ‘आईएमविथ केपी ओली' गलबन्दी चर्चामा आर्ईरहेपछि कांग्रेसले पनि  ‘दिगो बिकासको लागि, विपीको समाजवाद’लेखिएको गलबन्दी बनाएको छ । 

भैरहवामा आयोजना गरिएको कार्यक्रममा सभापति देउवासहितका अतिथीहरुलाई यो गलबन्दी प्रदान गरिएको थियो । सभापति देउवा, नेता बालकृष्ण खाँण, भरत शाह लगायतका ब्यक्तिले नलगाई छेउँमै राखे । तर जिल्ला समितिका सचिव रामकृष्ण खाँणलेभने लगाएका थिए । 

रुपन्देहीका १६ पालिकाबाट हजारौको संख्यामा रहेका कांग्रेस कार्यकर्ताहरुले बढ्दो महिला हिंसा र बलात्कार अर्कमण्ड भयो ओली सरकार, अति भो अति भो मुलुककै छबि क्षति भो, लुम्बिनी प्रदेशको राजधानी रुपन्देही कायम गर, नेपाली काँग्रेस जिन्दाबाद लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै