• २०८१ बैशाख ३१ सोमबार

बेँसीशहर–चामे सडकको स्तरोन्नति गर्न प्रधानमन्त्रीलाई आग्रह

kharibot

प्रतिनिधी तस्वीर

लमजुङ । लमजुङको बेँसीशहर–मनाङको चामे सडकको तत्काल स्तरोन्नति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ । 

बेँसीशहर–चामे सडक सरोकार समन्वय तथा संघर्ष समिति मस्र्याङ्दी गाउँपालिका लमजुङले आज प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेको हो ।

समितिका अध्यक्ष सूर्यप्रकाश कतिलाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई सो आग्रहका साथमा सडक चक्का जामलगायत विभिन्न कार्यक्रमको घोषणासहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले भने, “यस पत्र माथि चाँडै पुर्याउनेछौँ, हामीबाट पनि माथि पहल भइरहेको छ । यस्ता विरोध हड्तालका काम नगर्नुस् ।”

उक्त ६५ किलोमिटर लामो बेँसीशहर चामे सडकमध्ये ३५ किलोमिटर भाग लमजुङतर्फ र ३० किलोमिटर भाग हिमाली जिल्ला मनाङमा पर्दछ । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्यालय दमौली तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो तर विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो । सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

सडक सञ्चालनमा आएयता वर्षेनी वर्षयाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ । यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि दुई हजार ६ मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ । यहाँ वर्षेनी करोँडौ सरकारी लगानी रहँदै आए पनि दिगो रुपमा गुणस्तरीय सडक हुन नसक्दा यहाँका स्थानीय आक्रोसित हुन थालेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै