माल्टा । माल्टा एयरपोर्टमा रोचक घटना भएको छ । बुधबार राति ठूलो हुरीबतास चलेपछि एयरपोर्टमा रहेको एउटा निजी जहाजले नजिकैकै घरमा ठक्कर दिएको हो ।
उक्त घटना हुँदा यसका पाइलट कोही पनि थिएनन् । यो माल्टा द्वीपको हाल फारुग गाउँमा रहेको एयरपोर्टमा भएको घटना हो ।
टाइम्स अफ माल्टाका अनुसार यो हुरीबतासकै कारण भएको हो । यद्यपि घर भने त्यति धेरै हानि भएको छैन तर विमानमा भने क्षति पुगेको छ । उक्त घटनामा कोही पनि नपरेको बताइएको छ ।
डासल्ट फाल्कोन ७एक्स नामको विमान एप्रोन ४ मा पार्किंग गरिएको थियो तर अत्यधिक हुरीले प्लेनलाई धकेलेको थियो ।
अहिले माल्टाको अध्ययन टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।