• २०८१ जेठ ५ शनिबार

विश्वको सबैभन्दा जेष्ठ नागरिकले ओलम्पिकको टर्च बोक्ने

kharibot

काठमाडौँ । जापानमा मे महिनामा हुनलागेको ओलम्पिकमा विश्वको सबै भन्दा वृद्द मानिसले एक सय १८ वर्षको उमेरमा ओलम्पिक टर्च बोक्ने भएकी छिन् ।

दुई पटक सम्म क्यान्सरलाई पराजित गरिसकेकी छिन्, उनले दुईवटा विश्वव्यापी महामारीको सामना गरिसकेकी र फिजी ड्रिंक मन पर्ने, केन टानाकाले फिकुओका प्रान्तमा रहेको उनको घरबाट ओलम्पिकको फ्लेम पास गर्ने भएकी छिन् । उनको परिवारको सदस्यले ह्विलचियरमा सय मिटर दुरी पुरा गर्न सहयोग गर्ने छन् बहने उनी आफैंले  केहि पाइला हिड्नेछिन् ।

एक सय १० वर्ष भन्दा धेरै उमेर भएकी टानाकाको केहि पाइला पछि अर्को रनरलाई टर्च पास गर्नेछिन् । उनले जनवरीमा जन्मदिनको अवसरमा आफ्नो परिवारले दिएको उपहार, जुत्ता लगाएर ओलम्पिकको टर्च उचाल्ने बताएकी छिन् ।

उनको ६० वर्षीय नाति इजी टानाका भन्छन्, यस उमेरमा पुग्नु निकै खुसीको कुरा हो, तर उनले आफ्नो जीवनशैली सक्रिय राखेकी छिन् र उमेरलाई बाधाको रुपमा कहिले लिएकी छैनन् । पछिल्लो रेकर्ड होल्डर, ब्राजिलको १०६ वर्षीय एडिया गामानक्युले सन् २०१६ को ओलम्पिकमा टर्च बोकेका थिए र सन् २०१४ मा टेबलटेनिस खेलाडी एलेक्जेन्डर काप्टारेन्कोले सोची विन्टर गेम्समा १०१ वर्षको उमेरमा टर्च उठाएका थिए ।

सुपर-सताब्दीको जीवन 

टानाका सन् १९०३ मा जन्मिएकी हुन्, त्यस वर्ष ओर्भिल र विल्बर राइटले विश्वको पहिलो हवाईजहाज उडाएका थिए । उनले १९ वर्षको उमेरमा एउटा चामल पसले संग विवाह गरेकी थिइन् र उनका चार जना छोराछोरी भए । उनले १०३ वर्षको उमेर सम्म पसलमा काम गरिन् ।

उनका पाँच जना नातिनातिना छन् भने आठ पनाति र पनातिनी छन् । उनले दुवै विश्वयुद्द देखेकी छिन् र सन् १९१८को स्पेनिश फ्लु पनि सामना गरेकी छिन्, 

उनका नाती इजी भन्छन्, “ तर मैले इतिहासको बारेमा उनीबाट केहि सुनेको छैन, तर उनी दुरदर्शी छन् र वर्तमानमा जीवन जिउन विश्वास गर्दछिन् ।” उनी ओलम्पिक खेल जत्तिकै पुरानो छिन् , ओलम्पिक सन् १८९६ बाट शुरुवात भएको थियो ।

पछिल्लो पटक सन् १९६४ मा आयोजना भएको टोकियो ओलम्पिक्समा टानाका ६१ वर्षको थिइन् र समर तथा विन्टर एडिसन सहित उनको जीवनको यो ४९ औं ओलम्पिक हो । उनी अहिले नर्शिग होममा बस्दै आएकी छिन् र बिहान ६ बजे उठ्छिन् ।

उनलाई स्ट्रेटजीक बोर्ड गेम, ओथेलो खेल्न मन् पर्छ ।

कोरोना महामारीको समयमा उनको परिवारले १८ महिना सम्म भेट गर्न पाएका थिएनन् । उनी आफ्नो मस्तिष्क क्रियाशील राख्न गणितको हिसाब गर्छिन् । जापानमा उनी मात्र सय वर्षको मानिस होइन ।

जापानको स्वास्थ्य, लेबर र वेलफेयर मन्त्रालयको अनुसार, पछिल्लो वर्ष जापानमा ८० हजार मानिस करिब सय वर्ष पुगेका थिए । सन् २०२० मा एक हजार पाँच सय ६५ मानिस सय वर्ष भन्दा धेरै उमेरका थिए र त्यसमा ८८ प्रतिशत महिला छन् ।

सन् २०२० को सरकारी तथ्यांक अनुसार, जापान महिलाको औसत आयु ८७.४५ वर्ष रहेको छ र ८१.४ वर्ष पुरुषको औसत आयु छ ।

सन् २०१९ मा गिनिज बुक अफ रेकर्ड्सले टानाकालाई विश्वको सबैभन्दा धेरै उमेरको जीवित मानिस घोषणा गरेको थियो ।

यसभन्दा पछिल्लो पटक फ्रान्सको एक महिलालाई विश्वको सबै भन्दा धेरै उमेरको मानिसको सम्मान दिइएको थियो तर उनको १२२ वर्ष को उमेर को मृत्यु भयो ।

इजी टानाका भन्छन्, ‘उनले रेकर्ड तोड्ने लक्ष्य लिएकी छिन् ।” उनको परिवारीक सदस्यको अनुसार, टानाकाले टर्च बोक्ने कुनै अभ्यास गरेकी छैनन् तर ओलम्पिकमा सहभागी हुन पाउँदा निकै खुसि छिन् ।

इजी भन्छन्, “उनलाई उत्सव धेरै मन पर्छ ।” मे महिनामा सहभगी हुने भएको कारण उनको स्वास्थ अवस्था र मौसम कस्तो हुनेछ त्यसमा पनि फरक पर्ने छ । जापानी बिमा कम्पनीले उनलाई स्पोन्सर गरेको छ ।

कोरोना महामारीको कारण सन् २०२० हुने भनिएको ओलम्पिक एक वर्षको लागि स्थगित गरिएको थियो । मार्च २५ मा शुरुवात हुने टर्च बाल्ने भएको छ तर यात्रा गर्ने प्रचलनलाई पछाडी सारिएको थियो ।

टर्च सबै भन्दा सन् २०११ मा भूकम्पले क्षति पुराएको टोहोकु क्षेत्रमा जानेछ र पछि जापान भरी यात्रा गर्नेछ । यात्रामा कोरोना महामारीमा अपनाइएको सावधानीहरु कायम हुनेछ ।

बाहिरबाट आउने मानिसले अनिवार्य मास्क लगाउनुपर्ने छ र स्वास्थमा खराबी भएका मानिसलाई छुट्टै राखिने छ । सन् २०२० को मार्च २५ मा टर्चलाई बढी प्रभावित क्षेत्रमा लैजाने भानिएको थियो ।

अहिले कार्यक्रम अनलाइनमा ब्रोडकाष्ट हुने भएको छ र मानिसहरुले घरबाट नै हेर्ने योजना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै