• २०८१ बैशाख २८ शुक्रबार

महिला चेम्बर : नारी दिवसको अवसरमा आयोजित व्यापारमेला सकियो

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजधानीमा आयोजित तीनदिने व्यापारमेला आज समापन भएको छ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट उत्पादकलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुस्कार वितरण गर्दै महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुने विचार व्यक्त गरे । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीको बजारीकरण गर्न मेला सफल भएको बताए । मेला आयोजक महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा तुल्याउन आवश्यक भएको बताइन् । 

उत्कृष्ट उद्यमी मण्डला सिल्कलाई प्रथम, अग्नि नेपाल प्रालिलाई द्वितीय र गोर्खा चेम्बर अफ कमर्सलाई तृतीय पुरस्कार पनि महानिरीक्षक खनालले प्रदान गरे । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्तालगायत ९० उद्यमीले भाग लिएका थिए । मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै