• २०८१ बैशाख १५ शनिबार

सिद्धार्थ बैंकको ई कम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

kharibot


काठमाडौ । सिद्धार्थ   बैंक लिमिटेडले यही चैत १३ गते शुक्रबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ ई कम कार्डको सुरुवात गरेको छ । 
यो सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर पाँच सय वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको ई कम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन ।

कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ र प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्राजम्मा गर्न सक्नेछन । 

बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै