• २०८१ बैशाख २६ बुधबार

देउवा निवास बुढानीलकण्ठमा तीन दलको बैठक शुरु

kharibot

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको संयुक्त बैठक केहिबेर अघि शुरु भएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा काँग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुको बैठक शुरु भएको हो ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएका छन् ।

त्यस्तै जसपाबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी रहेका छन् ।

गत शुक्रबार काँग्रेसले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरे अनुसार सभापति देउवाले तीन दलको बैठक बोलाएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै