काठमाडौँ । कोरोना संक्रमणको कुल मामिलाको अनुसार, भारतमा ब्राजिलको भन्दा धेरै संक्रमित भएका छन् ।
भारत अहिले सम्म कुल १ करोड ४० लाख ७४ हजार भन्दा धेरै संक्रमित भएका छन् । त्यस्तै ब्राजिलमा अहिले संक्रमित संख्या करिब १ करोड ३६ लाख ७७ हजार रहेको छ ।
एप हप्ता अघिसम्म भारत कुल संक्रमितको संख्यामा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा थियो तर पछिल्लो हप्ता देखि भारतमा संक्रमणको मामिला बढ्दै गएको छ ।
बिहिवार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा दुई लाख भन्दा धेरै नयाँ संक्रमित थप भएको जनाएको छ ।
त्यसैगरि अहिलेसम्म धेरै कोरोना संक्रमित हुने देश भने अमेरिका रहेको छ । अमेरिकामा अहिलेसम्म ३ करोड २१ लाख भन्दा बढी संक्रमित भएका छन् ।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेमा भने भारत अहिले विश्वको चौथो स्थानमा रहेको छ । भारतमा अहिलेसम्म १ लाख ७३ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।
अमेरिकामा कोरोनाबाट सबै भन्दा धेरै मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म करिब ५ लाख ७८ हजार भन्दा धेरै मानिसको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु भएको छ भने मेक्सिकोमा २ लाख १० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म एक लाख २७ हजार, इटालीमा एक लाख १५ हजार, रसियामा एक लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।