काठमाडौँ । चलचित्र ’९९ सङ्ग्स’ का निर्माता ए आर रहमानले नायिकाको भूमिकामा आलिया भट्टको नाम पहिलो सोच रहेको बताएका छन् ।
चलचित्र क्षेत्रका मानिसले यस फिल्मलाई आलियाको करियरको सबैभन्दा ठुलो मिसिंगको रूपमा लिएको बताएका छन् ।
आलियाको दुई ठुलो बजेट चलचित्र एक पछि अर्को फ्लप रहे भने उनको आउँदो दुई चलचित्र ‘गंगूबाई काठियावाडी’ र ‘ब्रह्मास्त्र’ पनि लगातार बाधाको सामना गरिरहेको छ ।
यसै बीच कोरोना निको भएपछि उनी आफ्नो पार्टनर रणबीर कपूरसंग सोमबार माल्दिभ्स गइन् ।
आलिया भट्ट र रणबीर कपूर सोमबार बिहान एयरपोर्टमा एक साथ देखिएका थिए । रणबीर कपुर मार्च महिनामा कोरोना सङ्क्रमित भएका थिए र अहिले निको भइसकेका छन् ।
त्यसपछि आलिया भट्टलाई कोरोना सङ्क्रमण भएको पत्ता लागेको थियो ।
एयरपोर्टमा दुवै जना निकै क्याजुअल लुक्समा देखिएका थिए ।
मुम्बई चलचित्र उद्योगको लागि मालदिभ्स पछिल्लो केही महिना देखि निकै लोकप्रिय भेकेशन स्पट बनेको छ ।
आइतबार हिन्दी सिनेमाको एउटा अर्को जोडी टाइगर श्रफ र दिशा पटानी पनि मालदिभ्सको लागि उडान भरेका थिए ।
नायिका सारा अली खानले पनि आफ्नो आमा अमृता सिंहसंग माल्दिभ्सको प्राकृतिक वातावरणमा रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
आलिया भट्ट आफ्नो दुई आउँदो चलचित्र ‘गंगूबाई काठियावाडी’ र ‘ब्रह्मास्त्र’ पुरा भएपछि छिट्टै रिलिज हुने प्रतीक्षामा छिन् ।
एस एस राजामौलीको चलचित्र ‘आर आर आर’ पनि रिलिजको तयारीमा रहेको छ ।
यसैबीच संगीतकार ए आर रहमानले उनको निर्माताको रूपमा पहिलो चलचित्र ’९९ सङ्ग्स’ मा आलिया भट्ट पहिलो रोजाईमा रहेको खुलासा गरेका छन् । तर उनले आलिया भट्ट ठुलो कलाकार भएको कारण आफ्नो निर्णय परिवर्तन गरेको बताए ।
चलचित्र ’९९ सङ्ग्स’ लाई अन्तराष्ट्रिय स्तरमा निकै प्रशंसा गरिएको छ र आलियाको करियरको लागि यो नकै सहयोगी हुने थियो ।
उनको पछिल्लो दुई ठुलो बजेट चलचित्र, ‘कलंक’ र ‘सडक २’ सुपरफ्लप रहेको थियो ।
उनको आउँदो दुई चलचित्र “गंगूबाई काठियावाडी” र ‘ब्रह्रमास्त्र’ निर्माणाधीन छ र अहिले सम्म पुरा भएको छैन ।