• २०८१ बैशाख १५ शनिबार

उपेन्द्र यादवको प्रश्न- आफुलाई विघटन गरेको संसदले प्रधानमन्त्रीलाई कसरी मत दिने ?

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जुन संसदलाई प्रधानमन्त्रीको विश्वास छैन सो संसदले प्रधानमन्त्रीलाई कसरी मत दिने ? भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावमाथि बोल्दै यादवले संसदलाई असंबैधानिक रुपमा विघटन गरेको संसदले प्रधानमन्त्रीलाई कसरी विश्वास मत दिने भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गरेका छन् । 

नेता यादवले प्रधानमन्त्री ओलीले संबिधानलाई समाप्त पारेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने काम प्रधानमन्त्रीले गरेको आरोप लगाए ।

कमिसनका कारणले खोप नआएको भन्दै नेता यादवले जनताको जीवनसँग यति ठुलो खेलवाड गर्ने सरकारलाई विश्वास गर्न नसकिने बताए  ।

यादवले यस अघिको संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट शासन गर्न प्रधानमन्त्रीले खोजेको भन्दै स्वछाचारी शासन गर्न खोजेको आरोप लगाए ।

उनले आयोजनाको डिजाइन नहुदै, बजेट नहुदै सिलान्यास र आयोजना नसकिदै उद्घाटन गरिनुलाई विकास नभनिने बताए । 

यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मतको विपक्षमा मत दिने बताउदै विकल्प खोज्ने बाटोमा अगाडी बढेको बताए ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै