• २०८१ बैशाख २३ आइतबार

अक्सिजन अभावमा भारतको गोवाको अस्पतालमा २६ विरामीको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । भारतको गोवा राज्यको गोवा मेडिकल कलेजमा अक्सिजनको अभावमा उपचारत २६ विरामीको मृत्यु भएको छ ।

मंगलबार विहान अक्सिजान अभाव हुदा २६ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी पिटीआइले जानकरी दिएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहि समयको लागि अक्सिजनको कमि हुदा समस्या भएको बताए ।

साथै गोवाका स्वास्थ्यमन्त्री विश्वजित राणेले भने अक्सिजनको अभाव भएको विषयलाई उच्चअदालतले जाँच गर्नु पर्ने भन्दै अक्सिजन व्यवस्थापन गर्न श्वेत पत्र जारी गर्नुपर्ने बताए ।

लगातार अक्सिजनको अभाव हुदा यस अघि दिल्लीमा पनि करिब ५० जनाको मृत्यु भएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै