• २०८१ बैशाख १५ शनिबार

राष्ट्रपति भण्डारीद्वारा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संबिधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त व्यक्तिलाई सरकार गठनको दाबि गर्न आव्हान गर्दै विहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । सो समयमा कुनै पनि संसद सदस्यले दाबि पेश नगरेपनि राष्ट्रपति भण्डारीले उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी हुन् । 

प्रधानमन्त्रीमा पुन: नियुक्त भएका ओलीले शुक्रबार २ बजे शपथ लिने बुझिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय