• २०८१ बैशाख २४ सोमबार

गोर्खा ब्रुअरीले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । गोर्खा ब्रुअरी प्रालिले थप दुई संस्थासँगको सहकार्यमा कोरोना भाइरसको उपचार, नियन्त्रण र रोकथामका लागि सरकारलाई २० करोड बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

सिंगापरस्थित तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसनसँगको संयुक्त सहकार्यमा सहयोग गर्न लागिएको गोर्खा ब्रुअरीले जानकारी दिएको छ । 

सहयोग सामाग्रीमा कोरोना संक्रमितको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु भेन्टिलेटर, वाइप्याप मेसिन, पल्स अक्सिमिटर, फर्टिच्यूट किट्स र स्वाब्स रहेक छन् । उक्त सामग्री २० करोडभन्दा बढी रुपैयाँको हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै