• २०८१ बैशाख ३१ सोमबार

चुनावको समयमा मलाई पछि हट्न थर्काइयो, रेकर्ड राखेको छु- डा.खिमलाल देवकोटा

kharibot

काठमाडौँ । राष्ट्रिय सभामा निर्वाचन डा. खिमलाल देवकोटाले चुनावको बेला आफुलाई पछि हट्न थर्काइएको खुलासा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. देवकोटाले व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाएको थर्काएको र समयक्रममा आवश्यकता परेमा नाम भन्ने बताउदै कसै कसैको त भ्वाइस रेकर्डनै राखेको बताएका हुन् ।  

उनले भनेका छन्-  

व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त भ्वाइस रेकर्डनै राखेको छु । तर म अडिग रहे । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ ।

लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै