• २०८१ बैशाख १५ शनिबार

चीनले अनुदान दिएको खोप हिमालय एयरलायन्सले ल्याउने

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ ।

चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । 

उक्त खोप चार उडान तथा अवतरण मार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो खेपको खोप आज बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान ६:२८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको छ । 

दुई लाख मात्र खोप ४१७ बाकसमा राखिएको जनाइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधबार पुनः चीन जानेछ । चार निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले अमेरिकी डलर एक ला ९२ हजार अर्थात् नेपाली रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए । 

कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड जम्मा गरेको थियो । 

यस्तै आम्दा हस्पिटल (दमक), लुम्बिनी प्रदेशस्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद ग¬ङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, मनमोहन मेमोरियल सामुदायिक हस्पिटल लगायत संस्थालाई एयरलाइन्सले पिसिआर परीक्षण गर्ने मेसिन, पोर्टेबल भेन्टिलेटर, इन्फ्रारेड थर्मामिटर, पिपिई आदि सहयोग गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै