• २०८१ बैशाख १५ शनिबार

हुवावेले अङ्गोलामा प्रविधि केन्द्र निर्माणमा छ करोड डलर खर्चिने

kharibot

लुआन्डा । चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । 

हुवावे अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिनुभएको हो ।

ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ । 

हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अङ्गोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै