थ्री स्टारलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

खरीबोट
ad

धनगढी । धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । 

आर्मीले थ्री स्टारलाई एकका विरुद्ध दुई गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो । हारसँगै थ्री स्टारको अघिल्लो यात्रा रोकिएको छ । आर्मीका नवयुग श्रेष्ठले पहिलो हाफको शुरुमै गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएकामा दोस्रो हाफको ४९औँ मिनेटमा आर्मीकै सुमन अर्यालले अर्को गोल थपेका थिए । 

पहिलो हाफमा आर्मी थ्री स्टारमाथि पूर्ण रुपमा हावी भएको थियोे । दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारका निराजन खड्काले गोल फर्काएपछि प्रतिष्पर्धा रोमाञ्चक बनेको थियो । त्यसपछि थ्री स्टारले लगातार आक्रमण गर्दै आर्मीलाई दवावमा राख्न सफल भए पनि गोल भने गर्न सकेन । थ्री स्टारको प्रहारलाई आर्मीका गोल रक्षकले गोल हुनबाट विफल पारेका थिए । 

आर्मीका टिम क्याप्टेन भरत खवास ‘म्यान अफ द म्याच’ घोषित भई पुरस्कृत भए । बलियो प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टोलीले समयमै गोल गरेकाले जीत प्राप्त गरेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले राम्रो खेल्दा खेल्दै पनि सानो कजोरीका कारण दुई गोल खाएर पराजय भोगेको बताए । शुक्रबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ ।

सम्बन्धित समाचार

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ। स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।  विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौँ। ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ ।  महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल

ए डिभिजन लिग फुटबल – सशस्त्र प्रहरी हिमालयन शेर्पासँग बराबरीमा रोकियो 

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल

'ए’ डिभिजन लिग फुटबल शनिबारदेखि स्थगित हुने, आज २ वटा खेल हुँदै

काठमाडौँ, २६ असोज (रासस) ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ


z