उत्तर अमेरिका । न्युज, बिजनेस, ब्राण्ड र मिडियासम्बन्धी फिडमा फेसबुकले परिवर्तन गर्ने भएको छ ।
फेसबुकका मुख्य कार्यकारी अधिकृत मार्क जुकरवर्गले आफ्नो फेसबुक पृष्ठमा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकमा अब व्यावसायिकलाई भन्दा परिवार, साथी संगीबीचको अन्तक्र्रियालाई बढी मध्यनजर गरिनेछ ।
फेसबुकको यो निर्णयसँगै अब आफ्नो पोष्ट धेरैभन्दा धेरैमा पुर्याउने कम्पनीको लोकप्रियतामा समेत कमी आउने समेत स्वयं कम्पनीको निष्कर्ष छ । आगामी हप्ताबाटै फेसबुकमा यस्तो परिवर्तन हुने बताइएको छ ।
प्रयोगकर्ताहरुको चाहनाबमोजिम नै यस्तो गरिनलागेको जुकरबर्गले बताएका छन् । जुकरबर्गका अनुसार अब फेसबुकमा न्युज कम र मानिस मानिसबीचको अन्तक्र्रिया बढी हुनेछ ।