सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

खरीबोट
ad

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । 

रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकाङ्क्षी रणनीति तयार गरेको हो । 

केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोराले रणनीति सार्वजनिक गर्दै नसर्ने रोगको प्रमुख कारक तत्वका रुपमा रहेको सूर्तीजन्य पदार्थ नियन्त्रण र रोकथाममा रणनीति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । 

उनले स्थानीय, प्रदेश र केन्द्रमा रणनीतिलाई कार्यान्वयनमा ल्याउन अन्तरमन्त्रालय समन्वयको आवश्यकता औँल्याउँदै सूर्तीजन्य पदार्थ उत्पादनमा नै रोक लगाउनुपर्छ भने । 

सरकारले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिमा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरी सन् २००६ को नोभेम्बर ७ मा पारित गरेको थियो । महासन्धि कार्यान्वयन गर्न यससम्बन्धी ऐन तथा नियमसमेत मन्त्रालयले जारी गरिसकेको छ । 

मन्त्रालयका अनुसार नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको अकालमै मृत्यु हुने गर्छ । खासगरी क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेहजस्ता रोग यसको सेवनका कारणले लाग्ने गर्छन् । 

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले नसर्ने रोगलाई कमी ल्याउन सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन आवश्यक रहेकामा जोड दिँदै रणनीतिलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोजेन्द्र पन्त र केन्द्रका निर्देशक बद्रिबहादुर खड्काले सूर्तीजन्य पदार्थको नियन्त्रणले दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रणनीतिमा सूर्तीजन्य पदार्थको प्रयोगको अनुगमन, धुवाँरहित सार्वजनिकस्थल, सूर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहनलगायतका बुदाँ रहेका छन् ।
 

सम्बन्धित समाचार

नयाँ सांगठनिक संरचनाअनुसार स्वास्थ्यका कर्मचारीलाई जिम्मेवारी, कँहा कसले पाए जिम्मेवारी ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसारको नयाँ संगठन संरचनाअनुसार मन्त्रालय र माताहतका कार्यालयका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । ती कर्मचारीलाई मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशमा जिम्मेवारी दिइएको हो

बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।  जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन

स्वास्थ्यका दरबन्दी कटौती भएपछि कर्मचारी असन्तुष्ट

काठमाडौँ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ ।  मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारीबीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका

सूर्य टोबाकोलाई एक साताभित्र कारबाही प्रक्रियामा ल्याउछौँः राज्यमन्त्री अर्याल

काठमाडौ  ।  स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ ।  राजधानीमा शनिबार आयोजित “जनस्वास्थ्य प्रवद्र्धनः सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन” विषयक


z