भारतमा पनि प्रधानन्यायाधीशमाथि सवाल उठाइयो 

खरीबोट

तस्बिर : बीबीसी हिन्दी

ad

दक्षिण एसिया । भारतको सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशहरुले इतिहासमै पहिलोपटक पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतमा चलिरहेको अनियमिततालाई लिएर सार्वजनिक रुपमै गुनासो गरेका छन् । न्यायाधीशहरु जे चेलमेश्वर, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले गुनासो गरेका हुन् ।  

भारत स्वतन्त्र भएपछि पहिलोपटक सर्वोच्च अदालतका चार न्यायाधीशले शुक्रबार पत्रकार सम्मेलन गरेपछि भारतमा यसले हलचल मच्चाएको छ । विशेषगरी चार जना न्यायाधीशले अदालतभित्र प्रशासनिक अनियमितता भएको आरोप लगाएका हुन् ।

सर्वोच्चका दुई नम्बर न्यायाधीश मानिने चेलामेश्वरले भनेका छन्, ‘करिब दुई महिनापहिले हामी चार न्यायाधीश मिलेर प्रधानन्यायाधीशलाई पत्र लेखेका थियौँ र भेटेका थियौँ । हामीले उहाँसँग अदालतमा जे भइरहेको छ, त्यो सही नभएको पनि बतायौँ । प्रशासन ठीकसँग नचलेको बतायौँ । यो मामिला एउटा मुद्दालाई लिएर थियो ।'

उनले आफूहरुले यो कुरा प्रधानन्यायाधीशलाई सम्झाउन असफल रहेको समेत बताएका छन् । त्यसपछि आफूहरुले राष्ट्रकै अगाडि यो कुरा राख्नुपरेको दाबी गरेका छन् । यो मुद्दा सीबीआई जज लोयाको शंकास्पद मृत्युलाई लिएर भएको न्यायाधीशहरुको भनाइ छ । 

उनीहरुले प्रधानन्यायाधीशलाई बुझाएको पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन् । २० वर्षपछि आफूहरुमाथि आत्मा बेचेको आरोप नलागोस् भनेर पत्रकार सम्मेलन गरेको उनीहरुको भनाइ छ । लोकतन्त्रलाई कायम राख्न पनि सर्वोच्च अदालत जस्तो संस्था सही ढंगले चल्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले सीजेआईमाथि महाभियोग चल्ने र नचल्ने भन्नेबारे भने राष्ट्रले नै विचार गर्नुपर्ने उनीहरुको सुझाव छ । बितेका केही महिना जे नहुनुपर्ने त्यही भइरहेको भनी प्रधानन्यायाधीशको उनीहरुले चर्को आलोचना गरेका छन् । 

भारतमा न्यायाधीशले पत्रकार सम्मेलन गरेको यो नै पहिलोपटक रहेको बताइएको छ । भारतमा अहिलेका प्रधानन्यायाधीश दीपक मिश्रसँग दुई नम्बर वरीयताका वरिष्ठ न्यायाधीश चेलामेश्वरको धेरै मुद्दालाई लिएर विवाद रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

सम्बन्धित समाचार

भारतको पंजावमा रेल दुर्घटना, कम्तीमा ५० को मृत्यु 

नयाँ दिल्ली।  भारतको पंजाव राज्यको अमृतसरमा ठुलो रेल दुर्घटनामा परेको छ।  दुर्घटनामा ५० जनाको निधन भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। रेल ट्रयाकमै नवदुर्गाको रावण दोहन गरिरेहको भिडमा रेल चढेको

भारतीय एजेन्सी ‘रअ’ले आफ्नो हत्या गर्न खाेजेकाे श्रीलंकाली राष्ट्रपतिको दाबी

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरीसेनाले अाफ्नाे हत्या गर्ने षड्यन्त्र भइरहेकाे दाबी गरेका छन् । उनले भारतीय खुफिया एजेन्सी ‘रअ’का गुप्तचरहरुबाट आफ्नो हत्याकाे षड्यन्त्र भइरहेकाे खुलासा गरेका हुन् । राष्ट्रपति सिरीसेनाले

भारतले विगतका सहमति लत्याउनुको अर्थ 

काठमाडौं । केही दिनअघि मात्रै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमै आयोजित दशैँको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘जनताले हामीलाई दुई तिहाइ दिएर

वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा भारत २-० ले विजयी, पृथ्वी शा बने म्यान अफ द सिरिज 

काठमाडौँ।  भारत भ्रमणमा रहेको वेस्टइन्डिजको क्रिकेटटिम भारतसँगको टेस्ट सिरिज २-० ले गुमाएको छ। दोस्रो टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको ७२ रनको लक्ष्य भारतले बिना कुनै विकेट गुमाई पुरा गरेपछि भारतले


z