भारतमा पनि प्रधानन्यायाधीशमाथि सवाल उठाइयो 

खरीबोट

तस्बिर : बीबीसी हिन्दी

ad

दक्षिण एसिया । भारतको सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशहरुले इतिहासमै पहिलोपटक पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतमा चलिरहेको अनियमिततालाई लिएर सार्वजनिक रुपमै गुनासो गरेका छन् । न्यायाधीशहरु जे चेलमेश्वर, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले गुनासो गरेका हुन् ।  

भारत स्वतन्त्र भएपछि पहिलोपटक सर्वोच्च अदालतका चार न्यायाधीशले शुक्रबार पत्रकार सम्मेलन गरेपछि भारतमा यसले हलचल मच्चाएको छ । विशेषगरी चार जना न्यायाधीशले अदालतभित्र प्रशासनिक अनियमितता भएको आरोप लगाएका हुन् ।

सर्वोच्चका दुई नम्बर न्यायाधीश मानिने चेलामेश्वरले भनेका छन्, ‘करिब दुई महिनापहिले हामी चार न्यायाधीश मिलेर प्रधानन्यायाधीशलाई पत्र लेखेका थियौँ र भेटेका थियौँ । हामीले उहाँसँग अदालतमा जे भइरहेको छ, त्यो सही नभएको पनि बतायौँ । प्रशासन ठीकसँग नचलेको बतायौँ । यो मामिला एउटा मुद्दालाई लिएर थियो ।'

उनले आफूहरुले यो कुरा प्रधानन्यायाधीशलाई सम्झाउन असफल रहेको समेत बताएका छन् । त्यसपछि आफूहरुले राष्ट्रकै अगाडि यो कुरा राख्नुपरेको दाबी गरेका छन् । यो मुद्दा सीबीआई जज लोयाको शंकास्पद मृत्युलाई लिएर भएको न्यायाधीशहरुको भनाइ छ । 

उनीहरुले प्रधानन्यायाधीशलाई बुझाएको पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन् । २० वर्षपछि आफूहरुमाथि आत्मा बेचेको आरोप नलागोस् भनेर पत्रकार सम्मेलन गरेको उनीहरुको भनाइ छ । लोकतन्त्रलाई कायम राख्न पनि सर्वोच्च अदालत जस्तो संस्था सही ढंगले चल्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले सीजेआईमाथि महाभियोग चल्ने र नचल्ने भन्नेबारे भने राष्ट्रले नै विचार गर्नुपर्ने उनीहरुको सुझाव छ । बितेका केही महिना जे नहुनुपर्ने त्यही भइरहेको भनी प्रधानन्यायाधीशको उनीहरुले चर्को आलोचना गरेका छन् । 

भारतमा न्यायाधीशले पत्रकार सम्मेलन गरेको यो नै पहिलोपटक रहेको बताइएको छ । भारतमा अहिलेका प्रधानन्यायाधीश दीपक मिश्रसँग दुई नम्बर वरीयताका वरिष्ठ न्यायाधीश चेलामेश्वरको धेरै मुद्दालाई लिएर विवाद रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

सम्बन्धित समाचार

भारतीयलाई नागरिकता दिन खोज्न वडा अध्यक्षसहित ४ जनाविरुद्ध उजुरी

सप्तरी। भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।  नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष

पोखरा प्रिमियर लिग : चितवन राईनोजले दुई भारतीय खेलाडी भित्र्यायो 

काठमाडौँ।  पोखरा कार्तिक ९ गतेबाट हुने पोखरा प्रिमियर लिग (पिपिएल) का लागि चितवन राईनोजले दुई भारतीय खेलाडी भित्राएको छ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र

भारतीय विद्युत्को भरमा दार्चुला

दार्चुला / दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ ।  सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात

वेस्टइन्डिजविरुद्ध भारतको शानदार जित, रोहित र विराटले बनाए शतक  

काठमाडौँ। भारतले वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हासिल गर्दै एकदिवसीय सिरिजमा पनि विजयी सुरुवात गरेको छ।  आइतबार भएको खेलमा वेस्टइण्डिजले  प्रस्तुत गरेकाे ३२३ रनको लक्ष्य भारतले ४२.१ अाेभरमा २ विकेटकाे क्षतिमा


z