दाङमा विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

खरीबोट
ad

तुलसीपुर । विद्युत् चोरीको आरोपमा छ व्यक्तिलाई पक्राउ गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले हुकमार्फत मुख्य तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका–२ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका–७ बस्ने ३० वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा गए राति घरबाट पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ । 

सम्बन्धित समाचार

नेपालगञ्जमा विद्युत् आपूर्तिको समस्या समाधान हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर

रुदी ‘ए’ जलविद्युत्को निर्माण कार्य सम्पन्न

काठमाडौँ । पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् । सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातीत प्रगति नभइरहेको बेला निजी

आँखुखोला जलविद्युत्को १३ करोड ७६ लाख रुपैयाँको साधारण सेयर आजबाट

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले १३ करोड ७६ लाख दुई हजार रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले असोज २३ गते आज मंगलबारबाट आयोजना प्रभावित क्षेत्रका जनताको लागि

कलङ्की– नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

काठमाडौँ । सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत्


z