• २०८१ बैशाख २५ मंगलबार

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा आज थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै

kharibot

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आज थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार जिम्मेवारी हेरफेर गर्दै मन्त्री श्रेष्ठलाई थप तीन मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।

मन्त्री श्रेष्ठले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपराहन्न साढे १२ बजे, श्रम तथा रोजगार मन्त्रालयको अपराहन्न २ बजे र बन तथा वातावरण मन्त्रालयको कार्यभार अपराहन्न साढे तीन बजे सम्हाल्न्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले जेठ २१ र २७ गते नियुक्त मन्त्री २० मन्त्रीहरु संबिधान विपरित भन्दै पदमुक्त गरेपछि खाली भएका मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आफूसहित हाल बहाल रहेका मन्त्रीहरुलाई विहिबार जिम्मेवारी हेरफेर गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै