सप्तरीमा चिसोबाट थप एकको मृत्यु, अहिलेसम्म २४ जनाले गुमाए ज्यान

खरीबोट
ad

राजविराज ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ । 

स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा चिसाबाट मृत्यु हुने २४ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले भने हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ । 

सम्बन्धित समाचार

सप्तरीमा महिलाद्वारा शरीरमा आगो लगाई आत्महत्या

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा

सप्तरीमा फ्लुका कारण विद्यालय बन्द

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद्

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त सप्तरीको कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

सप्तरी । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग

सप्तरीको बोदेबरसाइन नगरपालिकाद्वारा आठ सेवा निःशुल्क

सप्तरी । सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ । जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको


z