धादिङको दामेचौरमा दुर्घटना, एकको मृत्यु, चार घाइते

खरीबोट
ad

मलेखु, धादिङ । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडाँैतर्फ आउँदै गरेको बा१६च ८७७३ नंको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो । 

सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छिन् । घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो । 

सम्बन्धित समाचार

भारतको पंजावमा रेल दुर्घटना, कम्तीमा ५० को मृत्यु 

नयाँ दिल्ली।  भारतको पंजाव राज्यको अमृतसरमा ठुलो रेल दुर्घटनामा परेको छ।  दुर्घटनामा ५० जनाको निधन भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। रेल ट्रयाकमै नवदुर्गाको रावण दोहन गरिरेहको भिडमा रेल चढेको

कुरिनटार दुर्घटनामा मृत्यु तीन पुग्यो (अपडेट)

धादिङ। पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।  चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान

 कुरिनटारमा भएको दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

चितवन। इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च

उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु 

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।  उदयपुर


z