नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

खरीबोट
ad

रत्ननगर, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । 

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले आज सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो । 

यसअघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आजदेखि माघ २ गतेसम्म सडक खुला रहने छ । 

आजदेखि यहाँ सडकमा करिब ३० प्रतिशत सवारी चाप बढेको उहाँले जानकारी दिनुभयो । जसका कारण आज दिनभर नै यातायात प्रभावित भएको थियो । जोखिम कम भए पनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । 

आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ । 

सम्बन्धित समाचार

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

चितवन। विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ ।  गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले

नारायणगढ मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण एकतर्फी

चितवन। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।  निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । आज बिहान ११ः

नारायणगढ–मुग्लिन सडक ३४ घण्टापछि दुईतर्फी खुल्यो 

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३०

नारायणघाट-मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो 

काठमाडौँ । नारायणघाट-मुग्लिन सडक खण्डको पहिरोका कारण अवरुद्ध सडक करिब १८ घण्टापछि एकतर्फी  रुपमा  खुलेको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार चार किलोको पहिरो खसेको ठाँउमा साँझ ६:३० बजेबाट


z