अस्ट्रेलियाविरुद्ध इङल्याण्डको जित, जोसन रोयले बनाए १८० रन 

खरीबोट
ad

काठमाडौँ । अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा इङल्याण्ड विजयी भएको छ । 

एफेज सिरिजमा ४-० ले पराजित भएको इङल्याण्डले एकदिवसीय क्रिकेटमा भने विजयी सुरुवात गरेको छ । 

अष्ट्रेलियाले दिएको ३०५ रनको लक्ष्य इङल्याण्डले ७ बल बाँकी छदै ५ विकेट गुमाएर पूरा गरेको थियो । इङल्याण्डका लागि जोसन रोयले सर्वाधिक १८० रन बनाएका थिए भने कप्तान जोय रुटले ९१ रनको योगदान दिए । 

रोयले १५१ बल खेल्दै १६ चौका र ५ छक्का हान्दै १८० रन बनाएका थिए ।

मेलवर्नमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनर आरोन फिन्चले १७ रन बनाएका थिए । त्यस्तै मार्कस स्टिनिसले ६० र शन मार्शले ५० रनको योगदान दिएका थिए ।

खेलको म्यान अफ द म्याच इङल्याण्डका जोसन रोय बनेका थिए ।

सिरिजको दोस्रो खेल जनवरी १९ मा ब्रिसबेनमा हुने छ । जितसँगै इंग्ल्याण्डले पाँच खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । 

सम्बन्धित समाचार

युएइले अस्ट्रेलियाविरुद्ध टी-२० खेल्ने मौका पायो 

काठमाडौँ।  नेपालसँगै गत मार्चमा एकदिवसीय क्रिकेटको अन्तर्राष्ट्रिय राष्ट्र र स्वतः टि-२० अन्तर्राष्ट्रियको मान्यता पुनः पाएको युएईले अस्ट्रेलियासँग  ऐतिहासिक टी-२० खेल्ने अवसर पाएको छ । यसअघि पाकिस्तानसँग टी-२० सिरिज अघि अस्ट्रेलियाले युएईसँग

बैतडीमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि

बैतडी / निगलाशैनी प्रिमियर लिग(एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि देहीमान्डौँमा गरिने भएको छ ।  निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) को आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गरिने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत

क्रिकेट विवाद समाधानतर्फ : मुद्दा फिर्ता लिइदै, बोर्ड बैठक बोलाइयो 

काठमाडौँ। झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ ।  निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

काठमाडौँ। नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले


z