रियल म्याड्रिडमा ‘धोका’ भएको रोनाल्डोको ठहर, म्यान्चेस्टर युनाइटेड फर्किने चाहना !

खरीबोट
ad

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किने चाहना व्यक्त गरेको स्पेनिस मिडियामा अहिले चर्चाको विषय बनेको छ । 

सोमबार स्पेनको पत्रिका एएसले आफ्नो पहिलो पृष्ठमा रोनाल्डोले रियल म्याड्रिडमा आफुलाई धोका भएको भन्दै युनाइटेडमा फर्किने चाहना आफ्ना साथीहरुसँग व्यक्त गरेको उल्लेख गरेको छ ।

२००३ देखि २००९ सम्म युनाइटेडमा खेलेका रोनाल्डोले म्यान्चेस्टर युनाइटेड अहिले पनि आफ्नो उत्तिकै मनपर्ने क्लब रहेको बेला बेलामा बताउदै आएका छन् ।

एएस पत्रिकाका अनुसार गएको च्याम्पियन्स लिग फाइनलमा युभेन्टसलाई ४-१ ले पराजित गर्दा रोनाल्डोले २ गोल गरेपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोको पारिश्रमिक बढाउने प्रतिबद्धता व्यक्त गरेको तर अहिलेसम्म नगरेकाले समस्या उत्पन्न भएको उल्लेख गरिएको छ । रोनाल्डोले यसलाई आफुप्रति क्लबले धोका दिएको रुपमा हेरेको बताइएको छ । 
क्लबका अध्यक्ष पेरेजसँग यस विषयमा अहिलेसम्म कुनै कुरा नभएकाले पनि रोनाल्डोले रियल छोड्ने मन बनाएको पत्रिकाको दाबि रहेको छ । सार्वजनिक रुपमा रोनाल्डोले रियलमै बस्ने बताएपनि उनि निजी रुपमा म्यानचेस्टर फर्किन लागिरहेको पत्रिकाले दाबि गरेको छ । 

यस सिजन प्रदर्शन गर्न संघर्ष गरिरहेका रोनाल्डोले रियल म्याड्रिडमा रोनाल्डोले अहिलेसम्म ४१८ खेलमा ४२२ गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडमा रोनाल्डोले २९२ खेल खेल्दै ११८ गोल गरेका थिए ।

रोनाल्डोले रियल म्याड्रिडमा दुई ला लिगाको उपाधि, तीन च्याम्पियन्स लिग उपाधि र दुई स्पेनिस कपको उपाधि जितेका छन् । 

बार्सिलोनाका लियोनेल मेसीसँग बराबरी गर्दै ५ पटक बेलुन डो अर जितेका रोनाल्डोले अहिले रियलमा प्रतिसाता ३ लाख ६५ हजार पाउण्ड पारिश्रमिक पाउछन जुन मेसी र नेइमारले पाउने भन्दा कम हो ।

यता म्यानचेस्टर युनाइटेडमा भने जोसे मोरिन्होले मोर्चा सम्हाले पनि त्यति राम्रो प्रदर्शन भने गर्न सकिरहेको छैन । पाउल पोग्वा, लुकाकुजस्ता खेलाडीलाई ल्याउदा पनि प्रदर्शनमा सुधार नआएपछि युनाइटेड अहिले आर्सनलका एलेक्सिस सान्चेज, एथलेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यान, रियल म्याड्रिडकै ग्यारेथ बेललाई भित्राउने सोच बनाएको रिपोर्ट बाहिरिएको छ ।

केहि महिना अघि रोनाल्डोलाई युनाइटेडमा भित्राउने बारे म्यानेजर जोसे मोरिन्होले यो धेरै गाह्रो काम भएको प्रतिक्रिया दिएका थिए । बेलायती मिडियाले मोरिन्हो रियलमा हुदा रोनाल्डोसँगको सम्बन्ध राम्रो नभएको बताएका छन् । त्यति बेला दुवै पोर्चुगल कै भएपनि उनीहरुबीच रियल म्याड्रिडमा राम्रो सम्बन्ध नभएको रिपोर्ट आएका थिए ।

अहिले रोनाल्डो युनाइटेड आउने विषयमा मोरिन्हो बाधक हुनसक्ने भएपनि म्यान्चेस्टर युनाइटेडका प्रमुख कार्यकारी र सर एलेक्स फर्गुसनसँग अहिले पनि रोनाल्डोको राम्रो सम्बन्ध भएका कारण पनि रोनाल्डो युनाइटेड आउने कुरामा विस्वास गर्न सकिने आधार देखिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

केहि दिन देखि रोनाल्डोले रियल म्याड्रिड छोड्ने विषयमा अनेकौ रिपोर्ट स्पेनिस मिडियाले सार्वजनिक गरिरहेका छन् । रोनाल्डोलाई दिए नेइमारलाई ल्याउने, पैसा घटाएर आफुलाई बेच्न रोनाल्डोले क्लबलाई आग्रह गरेको जस्ता रिपोर्ट सार्वजनिक भएका छन् । 
 

सम्बन्धित समाचार

युभेन्ट्स बराबरीमा रोकियो, रोनाल्डोले बनाए नयाँ किर्तिमान 

काठमाडौं। इटालीयन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा युभेन्टस गेनोयसँग १-१ गोलको बराबरीमा रोकिएको हो। युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने गेनोयका लागि डेनियल

रोनाल्डोबिना पोर्चुगलको लगातार जित 

काठमाडौँ। पोर्चुगलले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ।  गएराती भएको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।  आफ्ना क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा खेलिरहेको पोर्चुगलले लगातार जित हासिल गरिरहेको छ। पोर्चुगलका

रोनाल्डो बिना पोल्याण्डमाथि पोर्चुगलको सहज जित  

काठमाडौँ।  युइएफए नेशनल लिग अन्तर्गत पोर्चुगल पोल्याण्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको पोर्चुगलले पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।  राष्ट्रिय टिमका लागि

रोनाल्डोका वकिल भन्छन्- बलात्कारको आरोपमा पेश गरिएका प्रमाणहरु नक्कली

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारका आरोपमा पेश गरिएका प्रमाणहरु नक्कली भएको उनका वकिलले बताएका छन् । रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले


z