• २०८१ जेठ ६ आइतबार

३३ किलो सुन काण्डका अर्का अभियुक्त  सालिमार ज्वेलर्सका संचालक प्रक्राउ

kharibot

काठमाडौं । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने मध्येका एक अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

अघिल्लो वर्षको पुस २१ गते दुबइबाट ३३ किलो ५ सय ७७ ग्राम अवैध सुन त्रिभुवन विमानस्थलबाट भित्र्याउने भारत राजस्थान गंगानगर स्थायी घर भएका ३२ वर्षीय राहुल गोयललाई प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौं गौरीधारा विशालबजार सालिमार ज्वेलर्सका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले सुनकाण्डमा १२ जनालाई पक्राउ गरिसकेको छ । सुन तस्करीका ३३ जनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । अरु तस्करीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय