• २०८१ बैशाख २३ आइतबार

प्रचण्डद्वारा प्रधानमन्त्री देउवा र नेता नेपालसँग छलफल

kharibot

काठमाडौँ । सत्ता गठबन्धनमा प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन् ।

गठबन्धनकै प्रमुख सहयोगी उपेन्द्र यादव पक्षले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सोमबार पाएपछि सरकार विस्तारका लागि प्रचण्डले सक्रियता बढाएका हुन् ।

प्रचण्डले मंगलबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले नेता नेपालसँग प्रदेश प्रमुख हटाउने र सरकारमा सहभगी हुने विषयमा छलफल भएको बताइएको छ । एमालेको विवाद मिल्ने दिशातर्फ उन्मुख भएको बताइएका बेला प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

त्यस्तै प्रचण्डले आजै बिहान प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।

भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सरकार विवादित बनेका बेला गठबन्धन सरकार विस्तारमा केन्द्रित भएको हो ।

त्यस्तै सत्ता गठबन्धनको प्रमुख सहयोगी जसपा पनि अब केहि दिनमा सरकारमा जाने तयारीमा रहेको छ । जसपाले सम्भवत आज कार्यकारिणी सदस्यको बैठकबाट संसदीय दलको विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने र सरकारमा जाने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै