• २०८१ बैशाख २६ बुधबार

बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर ७२ हजार घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिएको आरोपमा पौडेल पक्राउ परेको अख्तियारले जनाएको छ ।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले पौडेललाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार पौडललाई सेवाग्राहीसँग ७२ हजार घुस लिइसकेको अवस्थामा उनलाई बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सव्रिना होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो ।

अख्तियारले घटनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै