पशुपतिनाथमा पौने दुई लाख भक्तजन

खरीबोट
ad

साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा पौने दुई लाख भक्तजनले दर्शन गरेका छन् ।

साउने सोमबारको अवसर पारेर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पशुपति मन्दिरमा विशेष पूजा गर्नुभएको छ । प्रधानसेनापति क्षत्रीले लघु रुद्राभिषेकसहित पशुपतिनाथ मन्दिरमा रु ११ हजारको विशेष पञ्चामृत पूजा गराउनुभएको कोषले जनाएको छ ।

प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले पनि मन्दिरमा दर्शन गर्नुभएको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । मन्दिरमा आज पनि उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी भक्तजनले दर्शन गरेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए ।

पशुपतिमा विशेषगरी महिला भक्तजनको भीड थियो । विवाहित नारीले साउनको सोमबार व्रत गरी शिवालयमा दर्शन गरेमा अटल सौभाग्य र अविवाहितले व्रत गरेमा चिताएको वरवधु प्राप्त हुने धार्मिक विश्वास छ ।

सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा जल चढाउनेको पनि आज भीड लागेको थियो । यसैबीच पन्ध्र दिन अघिदेखि बिग्रिएको शवदाह गृह यन्त्रको मर्मत भइरहेकाले एक हप्तामा सञ्चालनमा ल्याउने तयारी गरिएको कोषले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँको कागेश्वरीमा लाखौँ भक्तजनको भीड

काठमाडौँ । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी

पशुपतिनाथमा भक्तजनको भीड, मन्दिरका चारै ढोका खोलियो 

काठमाडौँ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने

म्याग्दीमा स्थित ऋखार जाने भक्तजनको संख्यामा वृद्धि

कमल खत्री म्याग्दी । डुँगा आकारको ढुँगा । ढुँगा माथि मन्दिर । ढुँगाको फेदीमा तलाउ । पहाडको टुप्पोमाथि रहेको यो क्षेत्र पवित्र धार्मिक स्थल ऋखार हो । रघुगंगा गाउँपालिका–८ मा अवस्थित ऋखार

कृष्ण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ।  भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।  ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग