• २०८१ बैशाख २७ बिहीबार

एमाले नेतृत्व र चिनियाँ उपप्रधानमन्त्री याङबीच भेटवार्ता

kharibot

तस्विर : रासस

काठमाडौँ ।  नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेतृत्वसँग भेटवार्ता गरेको छ । 

भेटमा दुईपक्षीय आपसी हितका बारेमा सौहार्द रुपमा वार्तालाप भएको थियो । तत्कालीन ओली नेतृत्वको सरकारका बेला चीनसँग भएका सम्झौताको कार्यान्वयनको सन्दर्भमा छलफल भएको भेटमा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

चिनियाँ उपप्रधानमन्त्री वाङले संविधान निर्माणमा एमालेले खेलेको भूमिकाको प्रशंसा गरेको नेता ज्ञावालीले बताए । नेपालको विकासका लागि चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । 

एमाले अध्यक्ष ओलीले चीनसँग भएका यातायात तथा पारवहन समझदारी कार्यान्वयन उच्च प्राथमिकतामा रहेको विश्वास दिलाए । उनले भने, “नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध छ पार्टीको भन्दा पनि नेपालको राष्ट्रिय नीति हो ।” 

चिनियाँ उपप्रधानमन्त्री वाङले हालै नेपालमा आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफूहरु नेपाली जनतासँगै रहेको बताए । 

भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, सचिव ज्ञवाली संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, नेताहरु विष्णु रिमाल र राजन भट्टराईको उपस्थिति थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै