• २०८१ जेठ २ बुधबार

चितवनमा अर्ना मृत फेला

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही  खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत  फेला परेको छ । 

खोरमा १२ अर्ना थिए । यस  निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको  थियो । यहाँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना  मरेका कारण १२ वटा अर्ना मात्र बाँकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै