• २०८१ जेठ ४ शुक्रबार

एक साताभित्र सरकार विस्तार हुन्छ, प्रदेश १ र बागमतिमा पनि सरकार परिवर्तन हुन्छ- माधव नेपाल

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदको विस्तार छिट्टै हुने बताएका छन् ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको उदघाटन गर्दै आफ्नो पार्टीको असोज ५ गते केन्द्रिय कमिटीको बैठक बस्न लागेकोले त्यसपछि सरकार विस्तार हुने बताए ।

उनले भने, 'असोज ४ गते प्रतिनिधि सभाको बैठक बस्दै छ ५ गते हाम्रो केन्द्रिय कमिटी बैठक बस्दै छ । त्यसपछि सम्भवत हामी सरकारमा जान्छौं ।'

सरकार विस्तार कहिले हुन्छ भन्ने प्रश्नमा नेता नेपालले भने- 'म् प्रधानमन्त्री बह्येको भए फ्याट भनिदिन्थे, अब आशा गरौँ एक सातामा सरकारले पूर्णता पाउछ ।'

नेता नेपालले प्रदेश १ र बागमती प्रदेशमा आफुहरुको नेतृत्वको दाबि गरिरहेको बताउदै दुवै प्रदेशमा सरकार छिट्टै परिवर्तन हुने बताए ।

अहिले छलफल भैरहेको बताउदै प्रदेश १ र बागमती प्रदेशमा छिट्टै नयाँ सरकार बनेको खबर सुन्न पाइने नेपालले बताए ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको केन्द्रिय कार्यालयमा १५ कोठा रहेको र मासिक भाडा ३ लाख २५ हजार रहेको जानकारी दिएका छन् । प्रवक्ता खतिवडाले यो अस्थायी कार्यालय भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै