थ्रीस्टार क्लब इटहरी गोल्डकपको फाइनलमा 

खरीबोट

फाइल तस्बिर

इटहरी । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । 
बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । 

खेलमा त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५ औँ मिनेटमा भरत खवासको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको १२ औँ मिनेटमा थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा पुग्यो । 

टाइबे्रकरमा थ्रीस्टारका बुद्ध चेम्जोङ्ग, निराजन खड्का, सुनिल बल, अनन्त थापा र धिजन सुब्बाले गोल गर्न सके भने आर्मीका तर्फबाट नवयुग श्रेष्ठ, सन्तोष तामाङ्ग र दीप लामाको प्रहार सही भयो तर अरिर विष्टको प्रहार बाहिरियो । 
आजको विजेताले मनाङमस्र्याङ्दी क्लब र भारतको गरिफा स्पोर्टिङ्ग क्लब कोलकाताबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग माघ १४ गते उपाधिको लागि भिडन्त गर्नेछ ।

सम्बन्धित समाचार

महिला फुटबल टोली स्वदेश फर्कदै

काठमाडौँ। ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ

नेपाली महिला फुटबल टिम टोकियो ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा 

काठमाडौँ। नेपाली महिला फुटबल टोली टोकियो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक-एक गोलको बराबरी खेलेको

महिला फुटबलमा नेपाल भारतसँग भिड्ने

काठमाडौँ। ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश

अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल रद्द

काठमाडाँै / अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम


z